१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शैक्षिक सुधारमा तल्लिन पिपराको हिलबर्ट



कपिलवस्तु, १२ साउन ।

कपिलवस्तुको पिपरामा अवस्थित हिलबर्ट इङ्ग्लिस बोर्डिङ स्कुल शिक्षक, अभिभावक र विद्यार्थी विचको सम्बन्धलाई मजबुत बनाउन लागि परेको छ । एक हप्ता देखि हिलर्बटले शिक्षक, अभिभावक र विद्यार्थीहरुको विचमा त्रिपक्षीय अन्र्तरक्रिया आयोजना गरेको छ ।

विद्यार्थीको सर्वाङ्गिण विकास गर्न र अभिभावकले आफ्ना छोराछोरीको शैक्षिक प्रगतिबारे जानकारी गराउन यस्तो किसिमको कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको बिचमा क्रमश त्रिपक्षिय अनर््तरक्रिया गरिरहेको स्कुलका सहायक प्रिन्सिपल केदार ज्ञवालीले बताउनुभयो ।

शिक्षक र विद्यालयको एक्लो प्रयासले मात्र विद्यार्थीमा यथेष्ट परिवर्तन नआउने हुँदा अभिभावकलाई पनि जिम्मेवार बनाउन त्रिपक्षिय अन्र्तक्रिया राखेको ज्ञवालीको भनाई छ ।

यसअघि कक्षा ६ देखि १० सम्म त्रिपक्षीय भेला गरेको विद्यालयले आज कक्षा ५ का विद्यार्थीहरुको विचमा भेला आयोजना गरेको थियो ।

हिलवर्टले आयोजना गरेको कार्यक्रमबारे बोल्दै अभिभावक चोपकान्त न्योपानेले विद्यालयले शैक्षिक अवस्था सुधार गर्दै विद्यार्थीलाई जीवन जिउन सक्ने व्यवहारिक र नैतिक कुरा सिकाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्राचार्य सुरेन्द्र पाण्डेको अध्यक्षतातामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक बुद्धि पौडेलको प्रमुख आतिथ्यता, विद्यालयकी सह–प्राचार्य जुनुमणी पाण्डेको सहजीकरण र सह–प्राचार्य केदार ज्ञवालीको सञ्चालन रहेको थियो ।

 

 

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  ६ : ३३ बजे