८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युवतीको मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने पक्राउ



संखुवासभा, साउन १२ ।

मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने दुई जनाविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
धनकुटाको पाख्रिवास नगरपालिका ९ का ईश्वर बिष्ट र पाख्रिवास ५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका ६ की एक युवतीलाई मोबाइलमा फोन गरेर अश्लिल शब्द प्रयोग गरेका थिए । पीडितका अनुसार उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज गर्ने गर्थे । उनीहरुले दैनिक दर्जनौ पटक फोन गर्ने गरेका थिए ।
प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा चलाएको डीएसपी सन्तोष खड्काले बताउनुभयो । पीडितले दुईवटा फरक सिमबाट असार २२ गतेदेखि फोन गरेर धम्की र अश्लिल शब्द प्रयोग गरेको उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  ८ : ०५ बजे