१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खडेरीले धानबाली सुक्दै, किसान चिन्तित



कपिलवस्तु, असार १२ ।
असारको अन्तिम साता प्रयाप्त बर्षा भयो । त्यहि मौका छोपि किसानहरुले पनि धमाधम खेत रोपाई गरे । यसपालि समयमा पानी परेको कारण धान उत्पादन राम्रो हुनेमा किसान विश्वस्त थिए तर किसानको आशा साउन लाग्न वित्तिकै सपनामा परिणत भएको छ । गर्मि बढ्दै जादा कपिलवस्तुका धानखेतमा धाँजा फाट्न थालेको छ । साउनको दोस्रो साता आईसक्दा समेत वर्षा नभएपछि धानका बेर्ना खेतमै सुक्ने जोखिम बढेको छ ।
जिल्लाका अधिकांश किसानले आकाशे पानीको भरमा धानखेती गर्ने हुनाले पानी नपर्दा यस वर्ष उत्पादनमा निकै ह्रास आउने सम्भावना बढेको हो ।
जिल्लामा गत वर्षको तुलनामा धान उत्पादनमा कमि आउने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ । वर्षा नभएर खडेरीको अवस्थामा हालसम्म जिल्लामा ८५ प्रतिशत मात्र रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बेर्ना तयार भइसके पनि वर्षाको अभाव र सिँचाइ असुविधाका कारण किसानले एकातर्फ रोपाइँ गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ रोपिएका बेर्ना पनि सुक्ने खतरा बढेको छ ।
जिल्लामा कुल ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार हेक्टरमा धानबाली लगाइन्छ । किसानले आफ्नो निजी लगानीमा मोटर लगाएर खेतमा पानी र्पुयाई धान उत्पादन गरे पनि त्यसको उचित भाउ पाएका छैनन् । सरकारले किसानलाई सिँचाइ सेवा उपलब्ध गराउन खासै पहल गरेको छैन ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  ९ : ३६ बजे