१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाकिस्तानी प्रधानमन्त्री शरिफ सार्वजनिक पदमा बस्न अयोग्य ठहर



साउन १३ –

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई त्यहाँको सर्वोच्च अदालतले  सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश असिफ सइद खोसासहितको पाँच जना न्यायाधीशको इजलासले पनामा पेपरमा मुछिएका नवाज शरिफलाई अयोग्य ठहर गरेको हो ।

शरिफमाथि विदेशी बैंकहरुमा अकुत पैसा जम्मा गरेको र लण्डनमा सम्पत्ति जोडेको आरोप लागेको छ ।

२०१६ मा सार्वजनिक भएको पनामा पेपरमा शरिफले आफ्ना सन्तानको नाममा विदेशी बैंकमा पैसा राखेको खुलासा भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  ७ : ५१ बजे