१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पूर्वमन्त्री शेर्माका दुवै मिर्गौला खराब



मायादेवी समाचार, पाँचथर, १३ असार ।
दुवै मिर्गौला काम गर्न छोडेपछि नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा एक सातादेखि अस्पतालमा उपचाररत छन् ।
केही साता अघिदेखि सामान्य बिरामी भएका शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले एकसाता अघि वीर अस्पताल पुग्नुभएकामा आपतकालीन शय्या नभएको भन्दै अस्पतालले फिर्ता गरेपछि पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भएका थिए । कांग्रेसको पूर्व केन्द्रीय सदस्यसमेत रहेका ७४ वर्षीय शेर्मालाई डायलासिसमार्फत थप उपचारको प्रक्रिया अगाडि बढाइएको काँग्रेसका नेता धर्मेन्द्रविक्रम नेम्वाङले जानकारी दिए ।
एक साताअघि शेर्मालाई एक्कासि शरीरमा असहज भएपछि अस्पताल पुर्याइएकामा चिकित्सकले मिर्गौलाले काम गर्न छोडेको जानकारी दिएका थिए । पाँचथर जिल्लाको पार्टी सभापति भइसकेका शेर्मा पहिलो संविधान सभाको निर्वाचनमा सभासद् बनेका थिए । रासस

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  १० : २० बजे