१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

डा. गोविन्द केसीको समर्थनमा आज प्रदर्शन हुँदै



काठमाडौं, साउन १४ – आफ्ना सुझावसहित चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने लगायत माग गर्दै अनसनमा बस्नुभएका डा. गोविन्द केसीको समर्थनमा शनिबार प्रदर्शन हुँदैछ ।

पटक पटक अनसन बस्दा पनि डा. केसीले उठाएका माग पूरा नभएकोमा विभिन्न पेशा र क्षेत्रका व्यक्ति काठमाडौंको माइतीघर मण्डलामा भेला भएर माग पूरा गराउन दबाब दिन लागेका हुन् । उनीहरुले ‘म डा. केसीसँगै छु’ अर्थात आइ एम विथ डाक्टर केसी अभियान चलाइरहेका छन् । बिहान ११ बजे माइतीघरमा भेला भएर ¥याली र संक्षिप्त सभा गर्ने तयारी भइरहेको अभियानका आयोजकले जानकारी दिएका छन् ।

यसैबिच सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबिच शनिबार पनि वार्ता हुँदैछ । डा. केसीका माग संसद र विश्वविद्यालयसँग पनि सम्बन्धित भएकाले ती निकायसँग समेत छलफल गरी फेरि वार्ता गर्ने समझदारी शुक्रबार भएको थियो । ११ औं पटक अनसन बसेको छैटौं दिन हुँदा डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : ४० बजे