७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

वर्षाको सांगितिक यात्रा



दिपा महत कपिलवस्तु साउन १४  ।

नेपालको पश्चिम क्षेत्र कपिलवस्तु जिल्लाको बुड्ढी हालको बुद्धभुमि नगरपालीका ४ मा बाबु राजु लम्साल र आमा विन्दु लम्सालको कोखबाट वि.सं.२०५५ साल वैशाख ५ गते जन्मिएकि बर्षा लम्साल यतिबेला नेपाली लोक सांगितिक क्षेत्रमा उदाएकि छिन् । सामान्य परिवारमा हुर्केर उच्च प्राविधिक तर्फ भेटेरेनरी (जेटिए) र उच्च शिक्षा तर्फ १२ कक्षा अध्ययन गरिरहेकि वर्षाले लोक संगितमा पनि आफ्नो पाईला अगाडि सारेकि हुन । १८ वर्ष कै कलिलो उमेरमा उनले दुईवटा एल्वम बजार सम्म ल्याउन सफल भएकि छन् । पहिलो लोकदोहोरी एल्वम(परेवीले)हो, भने दोश्रो तिजगीत एल्वम (चट्ट मायालु) हो । भनिन्छ भगवानले सबै प्राणीलाई केहि न केहि शक्ति प्रदान गरेका हुन्छन त्यो अदभुत क्षमतालाई बाहिरी रुपमा ल्याउन त्यसै अनुसारको वातावरण आवश्यक पर्दछ । हो सानै अमेरमा वर्षाले त्यो अवसर प्राप्त गरेकि छिन् र सांगीतिक क्षेत्रमा फराकिलो धरातल बनाउने दाउमा छिन ।संगित क्षेत्रमा कसरी प्रवेश गर्नु भयो भन्ने प्रश्नमा उनि भन्छिन ‘‘मलाई मेरो घर घरपरिवार, आफन्तजन, दिपक भण्डारी, सन्तोष पन्थी लगाएतले विशेष सहयोग पुर्याएको हुनाले यो स्थानमा पाईला टेक्न सफल भएकि हुँ । आमा वावाको एक्ली छोरी लम्साल घर परिवार तर वर्षा भने सानै देखि सांगितिक क्षेत्रमा रुचि राख्ने भएकोले पनि उनको लक्ष्य ठुलो रहेको छ । लोप हुनलागेको नेपाली लोक संगितको धरातलमा रहेर लोक संगितमा आफ्नो पहिचान स्थापीत गराउने उनले दावी गर्छिन ।कपिलवस्तु जिल्लाका विभिन्न ठाउँहरुमा हुने मेला, महोत्सवमा उनको प्रस्तुतिले निकै चर्चा पाउने गर्दछ । उनि १८ र १९ वर्षको उमेर मै स्टेज तताउन लागेकि छिन ।लोक तथा आधुनिक गायक दिपक भण्डारी र वर्षा लमसालको स्वरमा सजिएको (परेविले) भन्ने गित केहि समय पहिले स्थानिय तहमा निकै चर्चामा आएको थियो भने भर्खरै बजारमा आएको तिजगित एल्वम –चट्च मायालुले पनि दर्शक श्रोताको मन जिल्नेमा उनि ढुक्क छिन् । अव आफ्नो जिन्दगिको यात्रा लाई कलाकारीताको माध्यम बाट अगाडि बढाउने लम्साल बताउछिन ।उनले २०७४ को तिजको लागि आफनो पहिलो गित –चट्ट मायालु बजार सम्म लिएर आएकि छिन् । स्वाभिमान क्रियशन प्रा.लीको बजार व्यवस्थापन विधान कार्किको लय, बर्षा र शिव खनालको स्वरमा सजिएको उक्त तिज गितले यतिबेला निकै तहल्का पिटिरहेको छ । सांगितिक क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दो रहेको छ ।पछिल्लो समय हाम्रो देश मा आफनो मौलिक पन विर्सने गरी नै गितहरु गाउन थालिएको छ । कलाकार पिच्छे म्यूजिक कम्पनिहरु र नेपालि गितमा हिन्दी र्याप, अङग्रेजि,र्याप जस्ता कुरा अहिले नौलो कुरा होईन ।पैसाको आडमा चर्चा कमाउने गितकारहरु पनि अहिले प्रसस्त देख्न पाईन्छ । नभएको कला पैसाकै भरमा चर्चित र भएको कला पैसाको अभावमा सधै मनमा मात्र यो कुरा पनि नौलो छैन । यस्तो कठिन परिस्थितिका बावजुत पनि वर्षाले आफनो अडान कायम राख्दै केहि गरु भन्ने उद्देश्य लिएर सांगितिक क्षेत्रमा आएकि छिन । हुनत कलाकार बनेर चर्चा कमाउने रहर कस्लाई हुँदैनर ? तर वर्षासँग यो क्षेत्रमा पनि केहि गर्न सक्ने आँट देखिन्छ । उनको स्वरमा दम देखिन्छ । कलाकारहरु एकाएक चर्चामा पुग्ने र एकाएक सेलाउने गरेको देखिन्छ नि यसमा तपाई के भन्नुहुन्छ भन्ने प्रश्न गर्दा उनि भन्छिन “मेरो लक्ष्य नै मौलिकता झल्कने गित बचाई राख्नु भएको हुँदा र यो क्षेत्रमा मेरो सानै देखि रुचि रहेको हुँदा प्रवेश गरे र सफल भएरै छाड्छु ।” ठुलो सपना बोकेर सांगितिक क्षेत्रमा प्रवेश गरेकि वर्षा पनि कतै असफल हुनेत हैनिन् ? यो उनको मेहनत र अडानमा भर पर्दछ । सानै उमेरमा चर्चा कमाउन सफल बर्षा ठुलो कलाकार बन्ने सपना बोकेर हिनेकि छिन । अब उनलाई अग्रज कलाकारको साथ र सहयोग आवश्यक देखिन्छ ।
.

 

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : ५३ बजे