८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कान्तिपुर फिल्म एकडेमिले जित्यो थाइल्याण्डमा आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड ।।



श्रावण १४ काठमाण्डौ ।
थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टीवलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसनको अवार्ड जितेको छ ।
थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय चलचित्रको लागी छायांकनको गन्तब्यबनाउने उदेश्यले हरेक बर्ष आयोजना गर्ने यस फेस्टीबलमा यस बर्ष १४ वटा देशका ३३ वटा चलचित्रहरु प्रतिस्पर्धा मा थिए । विश्व भरिका फिल्म स्कुल र कलेजहरु बाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ओस्कर ईन्टरनेश्नलकलेजबाट ३ वटा र कान्तिपुर फिल्म एकेडेमीबाट एउटा गरी ४ वटा फिल्म प्रतिष्पर्धाम ागएका थिए । जसम ाकान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो चलचित्र‘लस्ट एण्ड फाउण्ड’ ले उक्त अवार्ड हात पार्न सफल भएको हो । यही जुलाई २७ तारिखको दिन थाईल्याण्डको बैँकक शहरमा आयोजीत उक्त फेस्टीवलमा नेपालसँगै मेक्सीको को ‘ईफ आई वेर ब्रेभ’ ले बेस्ट फिल्मको अवार्ड जितेको थियो । उक्त अवार्ड मा थाईल्याण्डका पर्यटन मन्त्रि, शैनिक प्रमुख तथा थाइल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु र थाईल्याण्ड लगायत विश्व चलचित्र क्षेत्रका प्रख्यात चलचित्रकर्मीहरु को उपस्थिती थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ६ : ०१ बजे