१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

दीपिकाले समय नदिदा रणवीरसँग व्रेकअप



बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको ब्रेकअप भएको छ । दीपिकाले कामलाई धेरै महत्व दिएकाले ब्रेकअप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘उनीहरुको ब्रेकअप भएपनि मनमुटाब भएको छैन । समयले उनीहरुको सम्बन्ध बिच्छेद गराएको छ ।’ एक भारतीय मिडियाले लेखेको छ । समाचारमा उल्लेख भए अनुसार रणबीर तत्कालै बिहे गरेर घरजम गर्ने सुरमा छन् तर, दीपिका तत्कालै बिहे गर्न चाहन्नन् ।

दीपिकाले अझै केहि वर्ष अभिनयमै रम्ने योजना बनाएकाले रणबीर दोस्री यूवतीसँग जोडिन वाध्य भएको मिडियामा उल्लेख छ । पाँच वर्ष अघिदेखि दीपिका र रणबीर डेटिङमा थिए । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘रामलीला’को सुटिङमा उनीहरुको प्रेमलीला सुरु भएको थियो । अहिले यी दुवैले संजयकै निर्देशनमा बनिरहेको चलचित्र ‘पद्यमावती’मा काम गरिरहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ६ : २९ बजे