१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

दोषि उपर कडा कार्रबाहि होस !



मायादेवी अनलाइन ।
कपिलवस्तुमा महिला हिंसाका घटना दिनहुँ घट्ने गरेका छन । महिलालाई विभिन्न आरोपमा भेदभाव गरिएको पाइन्छ । मुख्यतया बोक्सी, दाइजो प्रथा र छोरी पाएकै कारण घरपरिवारको चरम यातनामा महिला पर्ने गरेका छन् । मधेसी समुदायको बढी बसोबास रहेको यहाँ मधेसी महिलाहरु अझै पिडित बन्ने गरेका छन् । केहि महिना अघि जिल्लाको पकडीमा सामुहिक बलत्कारको शिकार हुन पुगेका एक किशोरी घटनाले जिल्ला स्तब्ध बनेको छ । त्यसको आलो घाउ सेलाउन नपाउदै जिल्लामा अर्को दुखत घटना घट्न पुगेको छ । घटना कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउँको हो । त्यस गाउँमा २० बर्षिया सबिना खातुनलाई छोरी पाएको निउँमा परिवारले चरम यातना दिएका छन् । छोरी जन्माएको भन्दै खातुनका श्रीमान र ससुराले उनलाई निर्घात कुटपिट गरेको समाचार बाहिर आएको छ ।
महिला खातुनलाई उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले निर्घात कुटपीट गरेका हुन । घटना साउन ११ गते रातीको हो । घटना घटेपछि पिडित महिला पक्षबाट न्यायको माग गर्दै प्रहरीमा उजुरी दिएपछि घटनाको खबर बाहिर सार्वजनिक भएको हो । कुटपीटबाट खातुनको कान, पिठीउँ लगायत शरीरका बिभिन्न भागका नील डाम परेको छ । उनको तौलिहवा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागि भैरहवा लगिएको बताइएको छ ।
यसरी छोरी पाएकै निउँमा खातुनलाई निर्घात कुटपिट गरिनु जंगली व्यवहार हो । संबिधानले महिलालाई प्रयाप्त अधिकार दिएको छ । महिला प्रति गरिने अपराधिक क्रियाकलाप विरुद्ध कानुन पनि बलियो नै छ तर कानुनको बर्खिलाप गर्दै यसरी महिला कुटिनु पक्कै पनि राम्रो कुरा होइन । अझ चिकित्साशास्त्रले समेत छोरा वा छोरी जन्मिनुमा महिलाको कुनै दोष नभएको बताउँछ । छोरी जन्माउनुमा पुरुषको प्रमुख भुमिका रहन्छ यो विज्ञानले प्रमाणित गरेको कुरा हो । तर विज्ञानलाई समेत ठाडो चुनौती दिदै युगौ युग देखि जगडिएको अन्धविश्वासलाई टेकर अहिलको २१ औँ शताब्दीमा महिलालाई कुटपिट गरिन्छ भने त्यो भन्दा दुखत र जंगली व्यवहार अरु हुन सक्क्तैन ।
पिडित महिलाका बाबु रईस खाँले जनाए अनुसार छोरीको विवाह निकै ठुलो तडकभडकको साथमा गरिएको पनि खुल्न आएको छ । संबिधानले दाइजो प्रथा अन्त्य गर्नुपर्ने बताइरहेको बेला पिडित खातुनको विवाहमा लाखौ लाख रकम खर्च गरेको खुल्नमा आएको छ ।
मुस्लिम धर्मानुसार उनिहरुको विवाह भएको रैछ । बिवाहमा ११ लाख भारुको महिन्द्रा कान्टो गाडी, ४० हजारको घडी, ५ तोला सुन लगातयका सामाग्री दाइजो स्वरुप दिएको पिडित महिलाका घरपरिवारले जनाएका छन । छोरीको विवाहमा यसरी दाइजो दिदा घर परिवार पनि सचेत बन्नुपर्छ । संबिधानले दाइजो प्रथा अन्त्यको लागि बिलियो कानुन ल्याएको कुरा भुल्न हुदैन । कानुनका रक्षक हामी हौँ ।
यस घटनाका बिषयमा पीडित र पीडक दुबै पक्षको प्रहरीमा उजुरी परेको बताइएको छ । अब कानुन अनुसार दोषि उपर कस्तो कार्रबाहि होला त्यो हेर्न बाँकी छ । समाजमा छोरी पाएकै भरमा निर्घात यातना दिइने कुरा क्षम्य हुदैन । घटना निकै गम्भिर प्रकार हो । यस बिषयमा प्रशासन बढो गम्भिर बनोस !

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  १० : ३१ बजे