१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नयाँ दल खोलेर प्रदेश र संसदको चुनावमा भाग लिन नपाइने



काठमाण्डौँ, १४ साउन ।
नयाँ दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग दिन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने छन् ।
आयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्ने पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धारा २७१ बमोजिम दत दर्ताको निवेदन भदौ ११ गतेभित्र दिन आहृवान गरेको छ ।
आवेदन दिने दलहरुले प्रदेश र संसद वा कुनै एउटा निर्वाचनमा भाग लिन हो खुलाउनु पर्नेछ । साथै केन्द्रीय कार्यकारिणी समिति पदाधिकारीको संख्या, दलको विधान, नियमावली, घोषणापत्रसँगै संगठनात्मक स्वरुपको विवरण पनि बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  १ : ३८ बजे