६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन



काठमाडौं, १५ साउन ।
कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन, ठेगान हुँदैन ।
शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन ।
हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन लाग्छ । हाल शिशु कक्षामा १४, १ मा आठ, २ मा ६, ३ मा चार र कक्षा ४ मा पाँच गरी ३५ जना भर्ना छन् ।
५ कक्षासम्म पढाइ हुने भए पनि सो कक्षामा कुनै पनि विद्यार्थी छैनन् । कक्षा ५ त अहिलेसम्म कसैले पास गर्न सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १ : २३ बजे