१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शुल्क नघटेपछि बिद्यार्थीद्धारा आन्दोलनको घोषणा



अशोक पोडेल, कपिलवस्तु, १५ साउन ।

पब्लिक क्याम्पस सघं कपिलवस्तु र बिद्यार्थी नेताहरुबिच भएको छलफल बिना निश्कर्ष सकिएको छ । बढाएको शुल्क नघट्ने भएपछि छलफल बिना निश्कर्ष सकिएको हो ।

एकै पटक मासिक शुल्कमा रु. ५ सयको बृद्धि भएपछि बिद्यार्थीहरुले बिरोध जनाएका छन् । कपिलवस्तु पब्लिक क्याम्पस सघंले क्याम्पस सञ्चालन गर्न नसकिने अवस्था भएपछि शुल्क बृद्धि गर्न बाध्य भएर शुल्क बढाएको बताएको छ । छलफल निश्कर्षमा नपुगेपछि बिद्यार्थीद्धारा आन्दोलनका कार्यक्रम समेत घोषणा भएका छन ।

कार्यक्रमहरुमा बिद्यार्थीहरुलाई भर्ना नहुन आग्रह गर्ने, क्याम्पस प्रमुखलाई क्याम्पस कक्षमा रोक लगाउने, रिले अनशन बस्ने, क्याम्पसको प्रशासन र लेखा कक्ष बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा भएको सयुतm बिद्यार्थी सघंका जिल्ला सयाेंजक राकेश पाण्डेले बताउनुभयो ।

जिल्लाका केही क्याम्पसहरुले कैयौं समयदेखि आफ्ना शिक्षकहरुलाई तलव नखुवाएको र त्यसलाई ब्यवस्थापन गर्न क्याम्पसकै पहलमा शुल्क बृद्धि भएको बिद्यार्थीहरुका आरोप रहेको थियो । शुल्क बृद्धि पश्चात बिद्यार्थीहरुले आन्दोलन गर्ने र सहमतिका लागी बैठक बस्दा केही मात्रामा घटाएको जस्तो देखाउनका लागी एकैपटक रु. ५ सय शुल्क बृद्धि गरेकोले यो कुनै पनि हालतमा मान्य नहुने नेपाल बिद्यार्थी सघंका जिल्ला उप सभापति शंकर प्रसाद न्यौपानेले बताउनुभयो ।

क्याम्पसलाई आर्थिक रुपमा बिद्यार्थीलाई लुटने थलोका रुपमा परिणत गर्न क्याम्पसहरुले खोजेको जिल्ला सह संयोजक शुसील खत्रीले बताउनुभयो । यस बिषयमा पब्लीक क्याम्पस सघं कपिलवस्तुका जिल्ला अध्यक्ष नवराज तिवारीले क्याम्पसको दहनीय अवस्था झन पछि झन बढदै गएको कारणले शुल्क बृद्धि गर्न लागेको बताउनुभयो ।

स्नातक तहमा रु. मासिक ७५० रहेकोमा अहिले बढेर रु. १२५० भएको छ । अध्यक्ष तिवारीले बिगत केही बर्षबाट शुल्क बृद्धि नभएको र राज्य कोषबाट पब्लीक क्याम्पसलाई कुनै रकम नआउने हुदा पनि शुल्क बृद्धि गर्न आवश्यक देखिएको उहाले बताउनुभयो ।

 

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १ : ४२ बजे