१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शनिबार देखि परेको बर्षाले किसानलाई राहत



कपिलवस्तु, १६ साउन ।
शनिबार देखि परेको बर्षाको कारण किसानलाई केहि राहत महसुस भएको छ । जसोतसो धान रोपेका किसान र अझै धान रोप्न नपाएका किसानलाई प्रयाप्त बर्षा भएपछि राहत मिलेको हो । असार तेस्रो साता प्रयाप्त बर्षा भएको भएपनि त्यस यता कपिलवस्तुमा बर्षा भएको थिएन ।
लगातारको चर्को गर्मि संगै खेतको धाँजा फोटेको थियो तर शनिबार राती देखिको अविरल बर्षाले आफुलाई केहि राहतको महसुस भएको बनगाईका किसान प्रकाश विष्टले बताउनुभयो ।
साउन दोस्रो हप्ता वित्नै लाग्दा पनि कपिलवस्तुमा धान रोपाई सकिएको छैन् । अझै २५ प्रतिशत खेत बाझै रहेको जिल्ला कृषि बिकास कार्यलयले जनाएको छ । शनिबार र आइतबार परेको बर्षाले किसानलाई धेरै राहत मिलेको कार्यलयले जनाएको छ ।
जिल्लामा राधा ४, साबित्री, मसुली, जानकी, सर्जु ४९, साभा सगोल, गोल्डेन मसुली, लोकनाथ, गोरखनाथ, लोपोन्मुख प्रजाति काला नमक धान लगायत दुई दर्जन प्रजातीका धान खेती गरिन्छ । कुल खेतीयोग्य जमिन ८३ हजार मध्ये ७२ हजार हेक्टरमा धान लगाईने गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १ : २४ बजे