१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

वाणगंगामा प्रध्यापक सघं गठन



जितपुर, १६ साउन ।

कपिलवस्तुको बाणगंगामा रहेको सिद्धार्थ क्याम्पसमा प्रजातान्त्रिक प्रध्यापक तथा कर्मचारी सघं सिद्धार्थ क्याम्पस ईकाइ समिति गठन भएको छ । जसको अध्यक्षमा कमल पोखरेल, सचिवमा सञ्जय नेपाल, कोषाध्यक्षमा सुरन शर्मा, सदस्यहरुमा रमेशचन्द्र भुसाल, प्रदिप पौडेल, गोबिन्द पोखरेल, सरस्वति मल्ल रहनुभएको छ ।

क्याम्पसमा रहेका प्रध्यापक तथा कर्मचारीको हकहित र सुशासनका लागी सघंले काम गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो । बाणगंगा गजेहडामा रहेको बि.पि स्मृति भवनमा एक कार्यक्रमका बिच सघंको गठन भएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, नेपाली कांग्रेस बाणगंगा नगर कार्यबाहक सभापति बिष्णु थापा, सचिव रामजि सेन, कांग्रेस नेताहरु रवि काफले, गुणलक्ष्मी ज्ञवाली, टेक बहादुर शाही, दुर्गा केसि, वडा नः ४ का वडा सभापति गणेश क्षेत्री, नेपाल शिक्षक सघं नगर समन्वय समिति संयोजक कुलराज पौडेल लगातयले सो अवसरमा आ आफनो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १ : ३० बजे