७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मधौलिया कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा



दिपा महत, कपिलवस्तु, १८ साउन ।
देशको आर्थीक क्रान्तीका लागी सहकारीको अहम भुमिका हुने वाणगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषालले बताउनुभएको छ ।
मधौलिया कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा एवम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
अधिवेशनमा संस्थाका कोषाध्यक्ष दिपेन्द्र कार्कीले प्रगती प्रतिवेदन, सचिव खडानन्द गौतमले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाले होमनाथ घिमिरेको अध्यक्षतामा ७ सदस्यीय संचालक समिती गठन गरेको छ । जसको उपाध्यक्षमा तुलसीराम पोख्रेल, सचिवमा खडानन्द गौतम र कोषाध्यक्षमा दिपेन्द्र कार्की रहनु भएको छ ।
यस्तै सभाले गोविन्द आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती र हरी खनालको संयोजकत्वमा ३ सदस्यिय ऋण समिति पनि गठन गरेको छ ।
सभामा वडा नम्बर ५ का विभिन्न वचत सहकारीका प्रतिनिधी, शेयर सदस्य लगाएतको उपस्थिती रहेको थियो । उपाध्यक्ष तुलसीराम पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको सभामा सदस्य रामऔतार थारुले मन्तब्य राख्नु भएको थियो ।
सभा संस्थाका अध्यक्ष हुमनाथ घिमिरेको अध्यक्षता र सचिव खडानन्द गौतमको सञ्चालनमा अधिवेशन सम्पन्न भएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  १२ : २० बजे