१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वाणगंगामा दोस्रो डिवाईसि कप नकआउट प्रतियोगिता हुने



हरी अधिकारी, कपिलवस्तु १८ साउन ।

दोस्रो कपिलवस्तु डिवाईसि कप नकआउट फुटबल प्रतियोगिता भदौ २३ गतेदेखि वाणगंगाको राजपुरमा संचालन हुने भएको छ । दर्पण युवाक्लव बाणगंगा नगरपालिका २ राजपुर कपिलवस्तुले बुधबार फुटवल प्रतियोगिताको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

दर्पण क्लबले गतवर्ष प्रथम कपिलवस्तु डिवाईसि कप आयोजना गरेको थियो । जिल्लाकै सवैभन्दा ठूलो धनराशी रहेको यस प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका १६ वटा समूहले सहभागीता जनाउने क्लवका अध्यक्ष पदम रेग्मीले बताउनु भयो ।

प्रतियोगितामा विजेता समूहलाई १ लाख र उपविजेता समूहलाई ५० हजार नगद सहित मेडल, प्रमाणपत्र तथा अन्य पुरस्कार प्रदान गरिने खेलकुद प्रतियोगिताका संयोजक हरि भण्डारीले जानकारी दिनुभयो ।

फुटवल प्रतियोगिताको सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी विष्णु पौडेलले स्थानीय स्तरमा आयोजना हुने खेलकुदले युवाहरुको क्षमता विकास र प्रतिभा उजागार हुने बताउनुभयो ।

आयोजकले प्रतियोगितामा नेपालका प्रतिष्ठीत क्लव र बिभागीय टिमको सहभागीता हुने भएकाले खेल अवधिभर ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको जनाएको छ ।

प्रतियोगिताको सार्वजनिक कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं २ का अध्यक्ष विष्णु पोडेल, वडा नम्बर १ का अध्यक्ष बालकुमारी अधिकारी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, क्लवका सल्लाहकार नेत्र बन्जाडे, भुमिराम न्यौपाने, दयाराम पौडेल, नन्दराम पौडेल, पत्रकार गणेश पोखरेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष पदम रेग्मीको अध्यक्षता, कार्यक्रम संयोजक हरि भण्डारीको स्वागत तथा सचिव सन्तोष घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ३ : ४१ बजे