६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै



नवलपरासी, १९ साउन ।
नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने देखिएको छ । उक्त मापदण्डलाई जिल्लाले पूरा गरेको छ । जिल्लामा गत आवमा १३ हजार ७१९ मेट्रिक टन स्वस्थ मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
पशुपन्छीजन्य वस्तुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि भविष्यमा उक्त वस्तुको उत्पादनमा वृद्धि हुने आधार हुनुपर्ने, उपभोगका लागि अन्य जिल्लाबाट आयात गर्न नहुने र सो ठाउँका व्यक्तिले उक्त वस्तु उपभोग गर्नुपर्ने लगायत महत्वपूर्ण सूचक रहेका छन् ।
जिल्लालाई दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि पर्याप्त मात्रामा उत्पादन भए पनि दूध र स्वस्थ मासु उपभोग गर्नमा सर्वसाधरण सचेत नरहेको, उत्पादन दरलाई कायम राख्न र वृद्धि गर्न पर्याप्त आधार नभएको तथा स्थानीय स्तरबाट आएको तथ्याङ्क समेत यथार्थ यकिन हुन नसककाले दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्न नसकिएको कार्यालयले जनाएको छ

 

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : ३४ बजे