१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शंखेकिराबाट तरकारी जोगाउन कृषकलाई समस्या



रामपुर (पाल्पा), २० साउन ।
शंखेकिराले तरकारी बालीमा आक्रमण गर्न थालेपछि पाल्पा रामपुरका कृषकलाई तरकारी बाली जोगाउन समस्या परेको छ ।
तरकारीको बोटको माथिल्लो भागमै पुगेर शंखेकिराले डाँठ र पातलाई सखापै पार्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
रामपुर नगरपालिका–६ को तिलकपुर, कौवा, प्याक्लुक, विजयपुरलगायतका क्षेत्रमा यतिबेला शंखेकिरा छरपस्ट मात्रामा भेटिन्छन् । कृषकले लगाएका लहरे जातका तरकारी बालीमा आक्रमण गरी बाली नै सखापै बनाउन थालेपछि कृषक चिन्तामा परेका हुन् । रासस

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ३ : ०७ बजे