११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

आत्मसमिक्षा गरेर तेस्रो चरणको निर्वाचनमा होमिनु पर्छ : नेता बलदेव



भुपाल थापा, कपिलबस्तु २० साउन ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य चन्द्रप्रकाश खनाल बलदेवले माओवादी केन्द्र नेतृत्वले स्थानिय तह निर्वाचन परिणामको बारेमा आत्मसमिक्षा गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । संसदको तेस्रो ठुलो दल माओवादी केन्द्रले स्थानिय तहको निर्वाचनमा सोचे अनुरुपको परिणामको नतिजा नआउनुमा पार्टी भित्रकै आन्तरिक कमिकमजोरी प्रमुख कारण रहेको बताउदै उहाले पार्टी नेतृत्वले अब आत्मसमिक्षा गरेर बिगतका कमिकमजोरीहरुलाई सच्याउदै अगाडी बढ्नु पर्ने बताउनुभयो ।

शुक्रबार आज नेकपा माओवादी केन्द्र जिल्ला कार्यसमिती कपिलबस्तुले आयोजना गरेको स्थानीय तहको निर्वाचन समिक्षा तथा अभिनन्दन कार्यक्रममा बोल्दै नेता बलदेवले स्थानिय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता नपाउनुको कारण बारे समिक्षा गर्न आफुहरु देश दौडाहामा निस्किएको जानकारी दिनुभयो ।

स्थानिय तह निर्वाचनमा कतिपय जित्ने ठाउँहरुमा पनि हार व्यहोर्नुपरेको र कतिपय दिग्गज नेतृत्वले समेत पराजय व्यहोर्नुमा माओवादीले आफ्ना एजेण्डा जनतालाई बुझाउन नसक्नु र टिकट बितरणमा ढिलाई हुनु जस्ता कारण पनि रहेको उल्लेख गर्नुभयो ।

क्रान्ति, शान्ति र संबिधानको नेतृत्व माओवादी नै गरेको दाबी गर्दै उहाले बिगतमा भएका कमिकमजोरीहरुलाई सच्याउदै प्रदेश नं २ को निर्वाचन र प्रदेश तथा केन्द्रिय संसद निर्वाचनलाई लक्षित गरि पार्टी एक ढिक्का भएर अगाडी बढ्नुपर्ने आवस्यकता औल्याउनुभयो । नेतृत्व कार्यकर्तामुखी र कार्यकर्ता जनतामुखी हुनुपर्ने कुरामा जोड दिदै पोलिटब्युरो सदस्य समेत रहनुभएका नेता बलदेवले माओवादीले अब आफुलाई पुनर्ताजगि गर्दै प्रदेशको निर्वाचनमा पार्टीलाई बिजयी बनाउने अभियानमा जुट्नुपर्ने आवस्यकता रहेको बताउनुभयो ।

पहिलो, दोस्रो हुदै तेस्रो चरणको निर्वाचनसम्म आईपुग्दा मधेसवादी दलहरुपनि स्थानिय तहको निर्वाचनमा सहभागि हुने वातावरण बन्दै गएको भन्दै उहाले मधेसवादी दलहरुलाई समेत सहभागि गराउनकै लागि २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गर्ने तय भएको बताउनुभयो ।

जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्तममा पोलिट ब्युरो सदस्य दधिराम न्यौपाने, जिल्लाको सम्पुर्ण नगरपालिका तथा गाउपालिकाका पार्टीको तर्फबाट जित हासिल गरेका उम्मेद्वार लगायत बिभिन्न जनबर्गिय संगठनहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सोहि अवसरमा जिल्लाका बिभिन्न पार्टी परित्याग गरि २० जना भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राप्रपाका कपिलबस्तु नगरपालिकाका मेयरका उम्मेद्वार दिपक पाण्डे, तरण दल कपिलबस्तु नगरपालिका नगर अध्यक्ष तुफेल खांन, नया शक्ति बिद्यार्थी संगठन केन्द्रिय सचिवालय सदस्य चन्द्र कुमार बढई, केन्द्रिय सदस्य बिनोद चौधरी लगायत २० जना भन्दा बढि पार्टी प्रवेश गरेका छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : २२ बजे