१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

२ दिने भित्ते पत्रिका लेखन तालिम सकियो



दिपा महत, कपिलवस्तु २१ साउन ।
कपिलवस्तु नगरपालिका ६ जनता प्रवि वर्मेलीटोलमा संचालित २ दिने भित्ते पत्रिका लेखन तालिममा शनिबार सकिएको छ । बालबालिकाको लेखनशैलीको विकासका लागी तालिमको आयोजना गरिएको हो ।
तालिममा तिलौराकोट भित्र रहेको विभिन्न ९ वटा बालक्लका ३२ जनाको सहभागिता रहेको थियो । कारितास नेपाल, सनसाईन सामाजिक विकास संस्था र पिस नेपालको आर्थीक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
समापन कार्यक्रम तिलौराकोट बालसंजालका उपाध्यक्ष चित्रावती तिवारीको अध्यक्षता, पिस नेपालका सामाजिक परिचालक बबिता गिरीको प्रमुख आतिथ्यता, बालसंजालका अध्यक्ष रामशब्द यादवको सञ्चालनमा भएको हो ।
कार्यक्रममा तिलौराकोट महिला संजालका अध्यक्ष मधु भुषाल, पिस नेपालका सामाजिक परिचालक शिवकला पाण्डे, सनसाईन सामाजिक विकास केन्द्रका विशम्बर प्रसाद यादव लगाएतको उपस्थिती थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  १ : ५८ बजे