७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रोटरी कपिलवस्तुमा खान



सीताराम चौधरी, चन्द्रौटा, २१ साउन ।
रोटरी क्लब अफ कपिलवस्तुले एक कार्यक्रमका बीच पद हस्तान्तरण गरेको छ । जिल्लाको चन्द्रौटामा आयोजित भव्य कार्यक्रमबीच जोन १६।१७ का अध्यक्ष डा. प्रकाश पौडेलले जोन १७।१८ का अध्यक्ष इस्तियाक अहमद खान (आई.ए. खान) लाई आफ्ना सम्पूर्ण पदभार हस्तारण गर्नुभएको हो ।
पद हस्तान्तरण गर्दै पौडेलले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्वपूर्ण कामको चर्चा समेत गर्नुभएको थियो । एक वर्षको अवधिमा रोटरीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण, योग शिविर, कन्या विद्यालयलाई कम्प्यूटर प्रदान, अग्नि पीडितहरुलाई ७ लाख वरावरको राहत सामग्री वितरण लगायतका महत्वपूर्ण कार्य गरेको पौडेलले उल्लेख गर्नुभयो । पौडेलले पद हस्तान्तरण गर्दै जोन १७।१८ का अध्यक्ष आई.ए. खानलाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना दिनुभयो । कार्यक्रमका बीच उहाँले सशस्त्र प्रहरी चन्द्रौटालाई आगलागी नियन्त्रणमा प्रयोग हुने अत्यावश्यक सामग्री समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सामाजिक कार्य र अनुशासनमा रोटरी अग्रपंक्तिमा रहेको औल्याउँदै सामाजिक कार्यमा आफ्नो छवि सधैं उँचो राख्न सुझाव दिनुभयो । साथै नगरप्रमुख अधिकारीले नयाँ समितिका पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिँदै सामाजिक कार्यमा रोटरीसँगै हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष आई.ए. खानले चन्द्रौटा क्षेत्रका सरकारी एवं गैरसरकारी निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । रोटरी क्लबलाई हरेक क्षेत्रबाट सबैको सहयोग आवश्यक रहेको बताउँदै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गर्ने बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाकी नगर उपप्रमुख शिवकुमारी चौधरी लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा चार्टर प्रेसिडेण्ट टोपलाल पोखरेल, पास्ट प्रेसिडेन्ट महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु प्रसाद खतिवडाले लगायतले शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ३४ बजे