१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शिवगढी साहित्य संगमको चौथो कार्यकालको लागि पौडेल सर्वसम्मत



सीताराम चौधरी, चन्द्रौटा, २१ साउन ।
शिवगढी साहित्य संगम कपिलवस्तुमा पुनः अर्जुन पौडेल चौथो कार्यकालको लागि सर्बसम्मत निर्वाचित हुनुभएको छ । साहित्य संगमको शनिबार सम्पन्न ५ औं वार्षिक उत्सव तथा तेस्रो साधारण सभाले पुनः पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारण सभाले साहित्य संगमको उपाध्यक्षमा श्रीधर आचार्य, सचिवमा हेमराज शर्मा, कोषाध्यक्ष रामप्रकाश चौधरी तथा सदस्यहरुमा भानुभक्त वराल, जुना वुढाथोकी र सरिता बलामीलाई सर्वसम्मत चयन गरेको छ ।
“भाषा साहित्य कला र संस्कृति, राष्ट्रको अमुल्य निजी सम्पत्ति” भन्ने मूल नारा सहित शिवगढी साहित्य संगम २०६९ सालमा स्थापना भएको हो । कार्यक्रममा साहित्य संगमका अध्यक्ष अर्जुन पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । विभिन्न उतारचढाव झेल्दै पाँचौं वर्ष पार गरेको शिवगढी साहित्य संगमलाई यो अवस्थासम्म ल्याई पु¥याउने सम्पूर्णलाई अध्यक्ष पौडेलले धन्यबाद ज्ञापन गर्नुभयो । साथै आगामी दिनमा समेत सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
कार्यक्रमको अवसरमा दधि स्मृति साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिलीप कार्कीले संस्थालाई प्रशंसा गर्दै सफलताको कामना गर्नुभएको थियो । कार्कीले आर्थिक अवस्था कमीको बावजुत पनि यस संस्थाले साहित्य क्षेत्रको उजागर गर्दै कपिलवस्तु लगायत अन्य जिल्लामा पहिचान बनाउन सफल भएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा न १ का अध्यक्ष जगत वहादुर जिसीले शिवगढी साहित्य संगमले साहित्यको संरक्षण गर्दै आएकाले संंगमलाई विशेष प्राथमिकतामा राखेको वताउनुभयो । स्थानीय प्रतिभालाई स्थान दिन ठूलो भूमिका खेलेकाले आगामी दिनमा समेत साहित्य संगमको आर्थिक व्यवस्थापन लगायत अन्य क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
यता लुम्बिनी वाङमय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष हिमलाल ज्ञवाली, केन्द्रिय सचिव ऋषि आजाद, केन्द्रिय सदस्य राजेन्द्र आचार्य, मानव अधिकार प्रतिष्ठानका सभापति विष्णुप्रसाद खतिवडा, महिला अधिकारकर्मी मीना परियार, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, श्रृजनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिला खनाल लगायतले नव पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन शर पौडेलको अध्यक्षता, दधि स्मृति साहित्य समाजका अध्यक्ष दिलीप कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम भानुभक्त बरालको स्वागत र हेमराज शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमकै अवसरमा विभिन्न श्रष्टाहरुले रचनाबाचन गरेका थिए ।

 

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : ०० बजे