१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सबैभन्दा बढी प्रशिक्षार्थी उत्रीर्ण गराउनु नै उत्कृष्टताको आधारः क्षेत्री



मायादेवी अनलाइन ।
कोरियन भाषा परीक्षा (इपिएस) मा कपिलवस्तुमा सबै भन्दा धेरै प्रशिक्षार्थी उत्र्रिण गराउन सफल लुम्बिनी लर्निङ सेन्टर गजेहडा अहिले चर्चाको शिखरमा छ । पछिल्लो समय युवाहरुको कोरीयन भाषा प्रतिको रुचिले गर्दा पनि यस विषय निकै चर्चाको हुने गरेको छ । यहि सेफेरोफेरोमा आधारित रहि मायादेवी अनलाइन संग लुम्बिनी लर्निङ सेन्टरका प्रबन्ध निर्देशक अशिम क्षेत्रीले कुराकानी गर्नुभएको छ ।

इपिएस परीक्षाको रेजल्टमा तपाई कपिलवस्तुमा उत्कृष्ट हो ? आधार के हो ?

हजुर हो । किनभने यस आठौँ इपिएस टपिक्समा यस लुम्बिनी लर्निङ सेन्टर वाणगंगा ४ गजेहडामा जम्मा ७० जना प्रशिक्षार्थीहरु मध्ये ४५ जना उत्र्रीण भएका छन् । यसैले गर्दा कपिलवस्तुको पहिलो हुने आधार हो ।

जुन रिजल्ट निकाल्नुभएको छ । यसमा तपाई कतिको खुसी हुनुहुन्छ ?

पक्कै पनि आफुले गरेको काममा सफलता हासिल हुनुनै सबैभन्दा उत्साहपूर्ण उमङ्ग हो । आफ्नो इनिचिच्युटमा सहभागी प्रशिक्षार्थीलाई सर्वोत्कृष्ट नतीजा निकालौ भन्ने हिसाबले हामीले जुन मेहनत ग¥यौ त्यसमा हामी पुर्णाका पुर्ण सफल नभए पनि अरुको तुलनामा हामी निकै सफल भएका हौ । त्यसलै पनि म लगायत हाम्रो लुम्बिनी लर्निङ सेन्टरको सम्पुर्ण टिम नै खुसी छ ।

लुम्बिनी लर्निङ सेन्टर स्थापनाको चरणबाटै तपाई कोरीयन भाषा पठाउँदै आउनु भएको थियो कि ? थिएन ।

यस लुम्बिनी लर्निङ सेन्टर विं.सं. २०७२ सालमा स्थापित भएर ७२ सालमै ११ जना प्रशिक्षार्थी मध्ये ७ जना उत्र्रीण गराउन सफल भएको थियो । यस मानेमा के भन्न सकिन्छ भने लुम्बिनी लर्निङ सेन्टरले स्थापनाकै चरणबाट कोरीयन भाषा पढाउदै आएको छ ।

त्यसो भयो तपाईको इनिचित्युट अरु भन्दा पछि खुलेर पनि विद्यार्थीको मन जित्न सफल भयो ?

हा हा हा । जुन कुरा नतिजाले बतायो त ? होइन र ? यो वाणगंगा क्षेत्रको सबैभन्दा कान्छो इनिचिच्युट भनेर लुम्बिनी लर्निङ सेन्टरलाई नै चिन्ने गरिन्छ । साथै गजेहडामै पहिलो इनिचिच्युट पनि हाम्रो नै हो । छिटो समयमा इपिएसको क्षेत्रमा उत्कृष्टता नतीजा प्रर्दशन गर्न सफल भएकोमा हामी खुसी छौ । जुन कुरा पुराना इनिचिच्युटले पनि पुरा गर्न सकेका छैनन । यद्यपि हाम्रो इनिचिच्युट सफल हुनुमा इनिचिच्युटको व्यवस्थापन, शिक्षकको प्रशिक्षार्थी प्रतिको लगाव र प्रशिक्षार्थीको मेहनतले गर्दा नै स्थापना कालदेखि अहिले सम्म उत्कृष्ट आउँन रिजल्ट निकाल्न सफल भएको हो ।

अब यस बर्ष पनि इपिएसको कक्षा सञ्चालन हुन्छ होला ? कुन महिना देखि कक्षा सञ्चालन हुन्छ ?

हो । यस बर्ष पनि हामी इपिएसको कक्षा सञ्चालन गर्ने छौँ । अहिले गत बर्ष भन्दा पनि फरक तरिकाबाट कक्षा सञ्चालन गर्ने योजना बनाएका छौ । फरक भन्नाले गत बर्षमा नन ग्यारेन्टिका कक्षा मात्र सञ्चालन गरेका थियौ । तर यस बर्ष यस लुम्बिनी लर्निङ सेन्टरले स्थानीय क्षेत्रमै रिजल्ट सफल पार्ने हेतुले ग्यारेन्टिका कक्षा सञ्चालन गर्ने छौ । कक्षा सञ्चालन भने भाद्र १ बाट शुरु हुनेछ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त यस मायादेवी अनलाइन पत्रिकालाई यस लुम्बिनी लर्निङ सेन्टरको बारेमा दुईचार कुरा राखिदिने मौका प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । साथै यस अन्तर्रबार्ता पढ्नु हुने पाठक बर्गमा पनि धन्यवाद दिन चाहन्छु । अन्तिममा म के भन्न चाहन्छु भने कोरीयन भाषाकै लागि बुटबल, भैरहवा, पोखरा, काठमाण्डौ जस्ता ठुला शहरमा जानुपर्छ भन्ने गलत मान्यता छ । तर अहिले स्थानीय स्तरमा खुलेका कैयौ इनिचिच्युटले राम्रो नतीजा निकाल्न सफल भएका छन् । भाषा पढ्न चाहनेले बुज्नु कुन इनिचिच्युटले कस्तो नतीजा निकालेको छ । हाम्रो यस लुम्बिनी लर्निङ सेन्टरले कुरा मात्र होइन काम पनि गरेर देखाउँछ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  १० : ३५ बजे