८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

५० प्रतिशतले खर्च बिवरण बुझाएनन



शिवलाल सुवेदी, गुल्मी २२ साउन ।
गत असार १४ गते दोस्रो चरणमा सम्पन्न स्थानिय तह निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च अजै बुझाएका छैनन् । निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च बिवरण निर्वा्चित भएको मितिले ३० दिन भित्र बुझाउनु पर्ने निर्वाचन प्रावधान रहेको छ । निर्वाचन कार्यालयको प्रावधानलाई समेत दलहरुले अटेर गरेर खर्च विवरण बुझाएका छैनन ।

३० दिनभित्र खर्च बिवरण बुझाउने प्रावधान रहेको भएपनि गुल्मीमा अहिलेसम्म ५० प्रतिशत उम्मेदवारहरुले आफ्नो निर्वाचनको खर्च बिवरण नबुझाएका हुन । गुल्मीमा हाल सम्म ५० प्रतिशत उम्मेदवारहरु मात्र निर्वाचन खर्च बिवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख निर्वाचन अधिकृत गणेश बहाद्ुर खत्रीले जानकारी दिए ।

गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागी ४ सय ८९ जना निवार्चित जनप्रतिनिधीको लागी १ हजार ३ सय ८६ जना उम्मेदवारहरु बनेका थिए । जिल्लामा निर्वाचनको वेला सवै उम्मेदवारहरुले खर्च बिवरण फारम लगेका भएप्नि आधाभन्दा बढी उम्मेदवार तथा विजयी जनप्रतिनिधीहरुले अहिलेसम्म आफ्नो निर्वाचन खर्च विवरण पेश गरेका छैनन । जिल्लामा असार २० गते सम्म अन्तिम मतपरिणमा आएको थियो । अन्तिम घोषणा मिति अनुसार गत शुक्रवार नै सवै उम्मदवारहरुले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने नियम थियो ।

जिल्लामा खर्च बिवरण बुझाउने उम्मेदवारहरुमा अधिकांश निर्वा्चितहरुले मात्र खर्च बिवरण बुझाएको समेत निर्वाचन कार्यालयले जनाएको छ । खर्च बिवरण बुझाउनेरुमा निर्वा्चित उम्मेदवारले निर्वाचन कार्यालयको परिधीमा रहि खर्च गरेको बिवरण बुझाएका छन् । हार्ने उम्मेदवारहरुले आयोगले तोकेको भन्दा अधिकतम कम खर्च गरेको बिवरण बुझाएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

निर्वाचनको क्रममा नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, गाउँपालिका प्रमुख उपप्रमुखले ३ लाख ५० हजार, नगरपालिकामा रहेका वडा अध्यक्ष सदस्यहरुले २ लाख र गाउँपालिका भित्रका वडा अध्यक्ष सदस्यहरुले १ लाख ५० हजार खर्च गर्न पाउने कानुनी ब्यवस्था रहेको थियो । उम्मेदवारहरुले निर्वाचनको क्रममा धेरै खर्च गरेपनि निर्वाचन आयोगले तोकेको खर्च भन्दा पनि कम रकम राखेर बुझाउने गर्दछन् ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ११ : ५३ बजे