११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

अखिल क्रान्तिकारीको केन्द्रीय संरचना हेरफेर



काठमाडौं, २३ साउन ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय संरचना हेरफेर गरेको छ । आसन्न राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको बेला केन्द्रीय संरचना हेरफेर गरिएको हो ।

आइतबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यालय बैठकले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति रहने गरी संरचना फेरबदल गरेको निवर्तमान सचिव जीपी मैनालीले जानकारी दिनुभयो ।

आगामी भदौ ७ गतेदेखि ११ गतेसम्म अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गरिँदैछ ।
सम्मेलनले एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ५ उपमहासचिव, १६ सचिव र १ कोषाध्यक्षसहित ३३ जनाको पदाधिकारी चयन गर्ने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ४ : ३५ बजे