१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पार्टि सभापति सुरेन्द्रराज आचार्यले माफि माग्नुपर्छ : नेता पौडेल



मायादेवी अनलाइन ।
कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली कांग्रेस विच विवाद देखिएको छ । निर्वाचनमा टिकट वितरण देखि नै हुदै आएको विवाद अहिले एकाएक सतहमा देखिएको छ । हालै मात्र नगर समितिको बैठकले नगर सभापति सहितका केहि नेता तथा कार्यकर्तालाई कार्रबाहिको लागी सिफारिस गरिएको समाचार मिडियामा आएको छ । तर नगर सचिव र नगर समितिका आधिकारिक वेगरका नेता विच बसेर गरिएको कार्रबाहिको कुनै औचित्य नभएको भन्दै उल्टै उनिहरु सहितका नेतालाई कांग्रेसको नगर समिति र क्षेत्रिय समितिले कार्रबाहि सिफारिस गरेको छ ।
कृष्ण थापाको नेतृत्वमा बसेको नगर समितिको बैठकले कार्रबाहि सिफारिस गरिएका कांग्रेसका नेता कृष्ण प्रसाद पौडेल संग मायादेवी अनलाइनले वार्तालाप गरेकोछ ।
तपाई लगायतका टिमलाई कांग्रेस नगर समितिले कार्रबाहि ग¥यो भन्छन् नी ?

खै थाहा छैन् । नगर सभापति लगायतका बहुमत सदस्यलाई यस विषयमा थाहै छैन् । कुन नगर समिति बसेर हामीलाई कार्रबाहि ग¥यो ! कार्रबाहि त उहाँहरुलाई नगर समिति र क्षेत्रिय समितिले गरेको छ ।
होइन्, हालै बसेको नगर समिति बैठकले तपाई लगायतका दर्जन बढी नेता तथा कार्यकर्तालाई कार्रबाहि गरेको मिडियामा समाचार आएको छ त ?

कहाँ को नगर समितिको बैठक बस्यो ? नगर समितिको बैठक सभापतिले बोलाउँछ कि अरु कसैले ? सभापति अनुपस्थित भए बैठक बोलाउने उपभापतिले होइन ? नगरका सचिवले बैठक बोलाउन मिल्छ । नगर सचिव कृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हामीलाई कार्रबाहि गर्ने प्रचार गरिएछ । ४÷५ जना सदस्य पनि अनुपस्थित रहेको बैठकमा अरु कसै संग हस्ताक्षर गराई कार्रबाहि गर्ने निर्णय गरिएछ । यो आफैमा हास्यस्पद, लज्जास्पद र केटाकेटी खेला बाहेक केहि होइन । यस्तो नाटक दँुनियामा कहि हुँदैन ।
भने पछि नगर सचिवको नेतृत्वमा बसेको बैठकले कार्रबाहि गरेको हो तपाई लगायतका टिमलाई ?

यस्तो केटाकेटी खेले पाराको बिषयमा कार्रबाहि शब्द जोड्नु उत्तम नै हुदैन । कार्रबाहि त हामी उहाँहरुलाई गरेका छौ ।
को कोलाई कार्रबाहि गर्ने निर्णय गर्नुभएको छ त ?

नगर सभापति पुजारी प्रसाद चौधरीको अध्यक्षतामा बसेको बहुमद पदाधिकारी र सदस्य सहितको बैठकले पार्टिको नीति विपरित जाने, चुनावमा अन्र्तरघात गर्ने नगरका मेयरपदका उम्मेद्वार प्रेम बहादुर रायमाझी, महाधिवेशन प्रतिनिधि हुमकान्त खनाल, पुर्व जिल्ला सचिव विनोद नेपाल र पुर्व जिल्ला सदस्य तथा नगरको उपसभापतिमा स्वतन्त्र उम्मेदवार दिने हरी प्रसाद पोख्रेललाई कार्रबाहि गरेका छौँ । नगर समिति र क्षेत्रिय समितिको बैठकबाट उहाहरुलाई कार्रबाहि गरिएको हो । जिल्ला र केन्द्रलाई पनि कार्रबाहि गरिएको निर्णय पठाएका छौँ ।
कार्रबाहि नै गर्नुपर्ने कारण के थियो ?

हेर्नुस शिवराज नगरपालिकामा हाम्रो जित हुँदा हुदै हार्ने स्थिती आयो । यो सब उहाँहरुकै कारणले भएको हो । संबिधानले पनि मेयर उपमेयर मध्ये एक जना महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने अधिकार दिएको थियो । तर यहाँ लागु भएन । अझ यो सम्म भयो कि पार्टि सभापति सुरेन्द्रराज आचार्यकै पहलमा उपमेयरमा स्वतन्त्र उम्मेद्वार खडा गरेर उपमेयरमा महिलालाई उठाइएन । अझ वडाको कुरा गर्ने हो भने नगर सभापति पुजारी प्रसाद चौधरी उठेको वडामा अरु सबै ४ जना सदस्य जिताइएको छ उहाँलाई हराइएको छ । नगरका अधिकांश वडामा आफुलाई मन नपरेकालाई हराउने काम गरिएको छ । पार्टिको नीति नियम विपरित हिडिएको छ । यो सबै दोषि उहाँहरु भएको कारण नगर समिति र क्षेत्रिय समितिले कार्रबाहि गरेको हो ।
तपाईकै कुरालाई लिने हो भने कार्रबाहि त जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई गर्नुपर्ने थिएन र ?

हो पक्कै थियो । वास्तविक कार्रबाहि त कांग्रेस कपिलवस्तुको नेतृत्व गरि बसेका सुरेन्द्रराज आचार्यलाई गर्नुपर्छ । त्यसको लागि पनि हामी केन्द्रिय पार्टि कार्यालय र अनुशासन समितिमा पठाई सकेका छौँ । उल्टै नगर सचिव लगायत फर्जि सदस्यलाई बैठक बस्न लगाई हामीलाई कार्रबाहि गरियो भन्ने मिडिया बाजी गर्ने काम पनि भएको छ । “जो चोर उसको ठुलो स्वर ” ! सभापतिकै पहलमा शिवराज कांग्रेसमा यस्तो किचलो देखिएको हो । उनलाई कार्रबाहि गर्नुपर्छ ।
तर कांग्रेस नेतृत्वले त कृष्ण प्रसाद पौडेललाई कार्रबाहि गर्नुपर्छ भनेको छ रे ? तपाईले त्यस्तो के गर्नुभएछ ?

मेरो कुरा गर्नुहुन्छ भने म नगरमा उम्मेद्वार बन्ने आकांक्षा पनि राखेको थिएन । न म कुनै बागि उम्मेदवारको प्रस्तावक समर्थक बसेको ? न म कुनै आधिकारिक उम्मेदवारलाई हराउने रोल प्ले गरेको ? न त हराउन कै लागि प्रचार मै लागेको । न पार्टि नीती विपरित हिडेको ? यि सब कुराको कुनै तुक छैन ।
अब अन्तिममा निकास के त ?

अबको निकास भनेको नगर कार्यसमिति र क्षेत्रिय कार्यसमतिको पुर्ण बैठक आह्वान गर्ने, जस्ले गल्ति गरेको हो उसलाई कार्रबाहि हुर्नपर्ने, पार्टिको विधानमा टेकर पार्टि नेतृत्व हिड्नु पर्ने र पार्टिको नीति विपरित हिड्ने पार्टि जिल्ला सभापति सुरेन्द्रराज आचार्यले सबै कार्यकर्ता सामु माफि माग्नुपर्ने हो ।
ए त्यसो भए पार्टि सभापतिले माफि माग्नुपर्ने तपाईहरुको माग हो ?

पक्कै हो ? माफि यो मानेमा माग्नु पर्ने भनिएको हो पार्टिको सभापति जस्तो मान्छेले खुलेयाम पार्टिलाई हराउने भुमिका खेले, पार्टिलाई कमजोर बनाए र नाङ्गो गुटबन्धी गरे । पार्टिको नीति विधान लत्याए ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ५ : ४१ बजे