१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जिसस धादिङमा एमालेको प्यानल विजयी



धादिङ, २३ साउन ।
जिल्ला समन्वय समिति धादिङमा एमालेको प्यानल नै विजयी भएको छ । २६ मतदाता रहेको जिल्ला समन्वय समितिकको प्रमुखमा नेकपा एमालेका जगन्नाथ नेपालले १७ मतप्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्त लामाले ८ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा नेकपा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी हुनुभयो । सदस्यमा कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमल नारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार, उर्गेनवति तामाङ १६÷१६ मत प्राप्त गरी विजयी हुनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ११ : ५८ बजे