११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

वाणगंगाको शिक्षा क्षेत्रको सुधार हुनु आवश्यक : मेयर थारु



सरिता थारु, २३ साउन ।
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बाणगंगा नगरभित्र शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । शिक्षा क्षेत्रको सुधारको लागि आफु क्रियाशिल बन्ने पनि उहाले जनाउनुभयो ।
नगर भित्रका थारु समुदायमा देखिएको बालविवाह, बाल श्रमलाई न्युनिकरण गर्दै शैक्षिक सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा मेयर थारुले जोडदिनुभयो ।
बुद्ध आवाज टेलिभिजनको साप्ताहिक रुपमा प्रसारण हुने शैक्षिक अवाज कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
मेयर थारुले शिक्षा क्षेत्र भित्र भैरहेको राजनीतीकरणलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा राम्रा भन्दा पनि हाम्रा भन्ने प्रवृत्ति बढिरहेकोमा उहाले चिन्ता व्यक्त गर्नुभयो । यस्तो सोचाइको अन्त्य गरेमा मात्र गुणरस्तरिय शिक्षा प्राप्त हुने उहाले जिकिर गर्नुभयो ।
बाणगंगा नगरपालिकालाई सुन्दर, समुन्नत र समृद्ध बनाउनको निम्ती लागी पर्ने बताउँदै नगरबासीले सुम्पिएका जिम्मेवारीलाई पुरा गर्ने उहाले बताउनुभयो । शिक्षा क्षेत्रका निकायसंग समन्वय र सहकार्य गरि आफु वाणगंगाको शिक्षा क्षेत्रलाई अगाडी बढउन तयार रहेको मेयर थारुले प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  १ : ५१ बजे