७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तुमा पनि जनै पूर्णिमा र रक्षाबन्धन मनाईयो



कपिलवस्तु, २३ साउन ।
तराईबासीले सोमबार जनै पुर्णिमा तथा रक्षाबन्धन धुमधामका साथ मनाएका छन् । पवित्रता, प्रेम, शक्ती र एकताको प्रतिक महान पर्व रक्षाबन्धन (राखी) र जनै पूर्णिमा सोमबार कपिलबस्तुमा दिदि बहिनी तथा दाजुभाईहरुले धुमधामका साथ मनाएका हुन ।

दाजुभाईहरुको सुख समृद्धि, लामोआयु तथा सफलताको कामना गर्ने गरिन्छ भने दाजुभाईहरुले दिदीबहिनीहरुको खुट्टा ढोकी दक्षिना तथा उपहार दिई आर्शिवाद लिने गर्दछन् ।

२३ गते चन्द्र ग्रहण लाग्ने भएको हु“दा पञ्चांग निर्णायक समितिको निर्णयअनुसार साउन १३ गते नागपञ्चमीकै दिन अन्य ठा“उमा रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो भने तराई को २० जिल्लामा सोमबार मनाएको हो ।
तराईमा सोमबार रक्षा बन्धन र जनैपूर्णिमा मनाईने भएकोले नेपाल सरकारले तराईका २० जिल्लामा सोमबार सार्वजनिक विदा दिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  २ : ०१ बजे