६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

तौलिहवाको तौलेश्वरनाथमा घस्रियर जल चढाइयो



बासुदेव बर्मा, कपिलवस्तु २३ साउन ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित श्रावणी मेलाका अवसरमा प्राचिन तौलेश्वरनाथ महादेब मन्दिरमा ६० हजार बढि श्रद्धालुले जलापर्ण गरेका छन । विशेष गरि आजको दिन महिला र बालबालिका गरि ४ सय बढि श्रद्धालुले जमिनमा घिस्रियर जलापर्ण गरेका हुन् ।

श्रावण महिनाको अन्तिम सोमबार बाणगंगा नदिमा स्नान गरि जल लिई बोलबमको नारा लगाउदै पा“च देखी आठ घण्टा बढि जमिनमा घस्रियर भक्तजनले महादेब मन्दिरहरुमा जलापर्ण गरेका छन् । सदरमुकाम तौलिहवा स्थित प्राचिन तौलेश्वरनाथ महादेवमा जर्लापण गर्ने (लोटबम) का लागी भक्तजनको घुईचो लागेको थियो ।

यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुले श्रावणीमेलाको रुपमा मनाईने साउन महिनामा तौलिहवा स्थित तौलेश्वर महादेवको मंदिरमा जल चढाउने भक्तजनहरुको विशेष घुईचो लाग्ने गरेको हो ।
विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मंदीर यहाँका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । संभवत नेपालकै शिवमंदीरहरुमा रहेको शिवलिंगहरु मध्ये सवै भन्दा ठुलो शिवलिंग यसै तौलेश्वर मंदीरमा रहको छ ।

दैनिक जसो मंदीरमा भक्तजनहरुको पुजाआजाका लागि घुईचो लाग्ने गरे पनि साउन महिनामा पर्ने प्रत्येक सोमवारका दिनमा भने यहां विशेष घुईचो हुने गर्दछ । मन्दिरमा जलापर्ण गर्नेहरुले रातभर जाग्राम बसि बिहान स्नान गरि जलापर्ण गर्ने गर्दछन ।

जलापर्णका लागि तिलौराकोट किनारमा अवस्थित प्राचिन भागिरथी (बाणगंगा) नदीमा स्नान गरि जल लिई भजन किर्तन गर्दै भक्तजनहरु ५ किलो मिटर टाढा रहेको ताम्रेश्वर महादेव मन्दिरमा आउने गरेका छन । आईतबार राती बाणगंगा नदिको तटमा श्रद्धालुले चुटका र भजन गाएर जागराम बसेका थिए ।
तौलेश्वर महादेवको मंदिरमा जल चढाउन कपिलवस्तु, रुपन्देही, दांग, अर्घाखांची जिल्लाका विभिन्न भुभागहरुका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र वलरामपुर जिल्लाबाट समेत हजारौ दर्शनार्थीहरु यहा“को शिवलिंगमा पुजा गर्न तथा मेला गर्न आउने गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  २ : ०५ बजे