७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जिसस सल्यानको संयोजकमा कांग्रेसका विष्ट निर्विरोध, उपसंयोजकमा एमाले पराजित



सल्यान, २३ साउन ।
जिल्ला समन्वयन समिति (जिसस) सल्यानले पूर्णता पाएको छ । सहसंयोजकमा माओवादी केन्द्रका हरिप्रकाश वुढाथोकी निर्वा्चित भएपछि जिससले पूर्णता पाएको हो ।
सोमबार भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सहसंयोजकमा उम्मेदवारी दर्ता गराएका कुलबहादर गिरीलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार हरिप्रकाश वुढाथोकी निर्वा्चित भएका हुन् ।
सोमबार जिसस सल्यानको सभाहलमा भएको निर्वाचनमा एमालेका तर्फबाट सहसंयोजकमा उम्मेदवारी दिएका कुलवहादुर गिरीलाई २ मतको अन्तरले हरिप्रकाश वुढाथोकी पराजित गरेका हुन् ।
हरिबहादुरको पक्षमा ११ मत खसेको थियो भने कुलबहादुर गिरीको पक्षमा ९ मत खसेको निर्वाचन अधिकृत माधवेन्द्र राज रेग्मीले जानकारी दिए ।
संयोजकमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका केशबहादुर बिष्ट यस अघि नै निर्विरोध निर्वा्चित भैसकेका थिए ।
महिला सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देउरुपा भट्टराई र हीमा वुढाथोकीले समान ११ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी एमालेको तर्फबाट आशा वुढाथोकीले ९ मत प्राप्त गरी निवाचित भएकी छन् ।
दलित अल्पसंख्यकमा कांग्रेसकी सुस्मिता बुढाथोकीले १९ मत प्राप्त गरी निर्वा्चित भइन । जिससमा निर्वा्चित हुने अन्य सदस्यहरुमा कांग्रेसका रामबहादुर खड्का, कांग्रेसकै यज्ञबहादुर चन्द र माओवादी केन्द्रका पोखरबहादुर खत्री निर्वा्चित भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ४ : २३ बजे