६ असार २०८३, शनिबार | Sun Jun 21 2026

सोनुकुमार सुनारलाई थुनामा राख्न जिल्ला अदालत काठमाण्डौको आदेश



काठमाडौं, २४ साउन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने पत्रकारलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्ने कपिलवस्तुको तौलिहवाको हुँदा रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनारलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि थुनामा पठाइएको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला अदालत काठमाडौंको आदेश अनुसार उनलाई मंगलबारबाट थुनामा राखिएको हो । उनलाई साइबर क्राइम अन्तर्गत मुद्धा चलाइएको छ । थुनामा रहेका सुनारले अपाच्य शब्द प्रयोग गर्दै फेसबुकमार्फ राष्ट्रपतिलाई गाली गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १ : ०० बजे