७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कृषि विकास कार्यालयलाई राष्ट्रिय पुरस्कार



नवलपरासी, २४ साउन ।
जिल्ला कृषि विकास कार्यालय, नवलपरासीले राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ । जिल्ला कृषि विकास कार्यालय, नवलपरासी उत्कृष्ट जिल्लाका रुपमा छनोट भई राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको हो । क्षेत्रीय कृषि निर्देशनालय, पोखराले आयोजना गरेको एक कार्यक्रमबीच सो पुरस्कार वितरण गरिएको थियो ।
कृषि मन्त्रालयका सचिव ईश्वरराज रिजाल र कृषि विभागका निर्देशक डिलाराम भण्डारीले संयुुक्तरुपमा जिल्ला कृषि विकास कार्यालय, नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यालयले गत आर्थिक वर्ष २०७३÷७४ भित्र कार्यालयले गरेको कामलाई मूल्यांकन गर्दै कृषि मन्त्रालयले नवलपरासी कार्यालयलाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  २ : ०५ बजे