१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सरकारी विद्यालय हाम्रा विरोधी होइनन् -महासचिव बानिँया



सरिता थारु, कपिलवस्तु २४ साउन ।
सरकारी विद्यालयको विरोधी आफुहरु नभएको प्याब्सनका केन्द्रिय महासचिव राजेन्द्र बाँनीयाले बताउनु भएको छ । आफुहरु सरकारी स्कुललाई पनि गुणस्तरीय, क्षमतावान बनाउनुपर्ने बताउदै आएको बानीयाले दाबी गर्नुभयो । शिक्षा सम्बन्धमा नेपालको संविधानमा उल्लेखित कुरा प्रतिमात्र आफुहरुको असहमती भएको उहाले स्पष्ट पार्नुभयो ।

सरकारी विद्यालयमा सरकारले धेरै लगानी गरेपनि तथ्यंक अनुसार अझै ५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहनु दुखद कुरा भएको उहाले बताउनु भयो । सरकारी विद्यालयले मात्र विद्यार्थीको चापलाई धान्न नसक्ने महासचिव बनियाको तर्क थियो ।

निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल कपिलबस्तुले आयोजना गरेको स्थानीय तहमा निर्वाचीत जनप्रतिनिधीहरुको सम्मान कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा जिल्लाबाट निर्वाचित भएका मेयर, उपमेयर, प्रमुख, उपप्रमुख लगाएतको उपस्थिती रहेको थियो । उक्त अवसरमा शिवराजका मेयर नेत्रराज अधिकारी, वाणगंगाका उपमेयर चक्र अर्याल र कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी कशौधनले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  २ : १६ बजे