१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मधेसी जनताको प्यारो पार्टि एमाले मात्र हो भन्दै फोरम लोकतान्त्रिकका सहअध्यक्ष राय एमालेमा !



काठमाडौं, २५ साउन ।
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन जति नजिक आउँदैछ त्यति नै एमाले मधेशमा बलियो बन्दै गइरहेको छ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको पार्टीका सहअध्यक्ष रामेश्वर रायले नै पार्टी परित्याग गरेका छन् । उनी निकट भविष्यमै एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।
उनले लोकतान्त्रिक पार्टी परित्याग गरे पनि अरु पार्टीमा जानेबारेमा कुनै सोच नबनाएको बताएका छन् । तर उनका निकट एक सर्लाहीका नेताले भने उनी एमालेमा जाने तयारीमा रहेको बताएका छन् ।
लामो समयदेखि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका यादवले मंगलबार अध्यक्ष गच्छदारलाई राजीनामा पत्र बुझाउँदै औपचारिक रुपमै पार्टी परित्यागको घोषणा गरेका हुन् । यादव २ नम्बर प्रदेशका प्रभावशाली नेता मानिन्छन् । उनी पूर्वमन्त्री पनि हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ३ : १२ बजे