१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलबस्तुमा विश्व आदीवासी दिवस भब्यताका साथ मनाईदै



सरिता थारु, कपिलवस्तु २५, साउन ।
२३ औँ विश्व आदीवासी दिवस आज कपिलबस्तुमा पनि मनाईदै छ । नेपाल आदीवासी जनजाती महासघं जिल्ला समन्वय परिषद कपिलबस्तुको अयोजनामा बनगाईमा एक भव्य कार्यक्रमका विच दिवस मनाईने तयारी भएको छ ।

साथै दिवसकै अवसरमा स्थानीय तहमा निर्वाचित आदीवासी जनप्रतिनीधिहरुलाई सम्मान पनि गरिने भएको छ । महासघंमा आवद्ध जातीय घटक, युवा महासघं, राष्ट्रिय महिला महासघं, फोनिज र आम जनसमुदायलाई आआफ्नो भेषभुषामा उपस्थितीको लागि नेपाल आदिवासी जनजाती महासघं जिल्ला समन्वय परिषद कपिलबस्तुका अध्यक्ष विमल सारुले अनुरोध समेत गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभरका आदिवासी जनजातिले यो दिवस मनाइरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ४ : ०७ बजे