१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पाल्पामा रोपाइँ जात्रा



पाल्पा, साउन २५ ।

पाल्पामा बुधबार बिहानैदेखि रोपाइँ जात्रा निकालिएको छ । रोपाइँ जात्रा किसानको जात्राको रुपमा चिनिन्छ ।

पञ्चेबाजाको तालमा खेतमा धान रोपेजस्तै गरी सडकमै धान रोपेको नक्कल गर्दे रोपाइँ जात्रा लिकालिएको हो । बराङ्दीको सापाखुम लगायतका ग्रामीण भेगबाट निकालिएको रोपाइँ जात्राले तानसेनको विभिन्न भागको परिक्रममा गरिरहेको छ । हली, बाउसे, रोपार, कोदाले बनेर रोपाइँमा आवश्यक हलो, जुवा, खोक लगायतका कृषि सामाग्री प्रर्दशन गरेर जात्रा निकालिएको छ ।
सोमबारको चुईकी फिराईदेखि शुरु भएको तानसेनको जात्राले मंगलबार गाईजात्रा मनाएको छ । बुधबारको रोपाइँ जात्राले तानसेनमा रौनकता थपेको थियो । बिहीबार श्रीनगर गणेशजात्रा निकालिँदै छ । शुक्रबार टक्सारटोलको गणेश जात्रा र शनिबार भीमसेन टोलको भिमसेन जात्रा परेको छ । २९ गते आइतबार कुनै पनि जात्रा छैन भने सोमबारको कृष्ण जन्माष्टमी पर्व तानसेनमा धुमधामसँग मनाईंदैछ ।
३१ गते मंगलबारको ऐतिहासिक भगवती जात्राका लागि तयारी तीब्र पारिएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । प्राय भगवती जात्राकै दिन पर्ने अमरनारायण जात्रा यस वर्ष नवमीतिथि रोहिणी नक्षत्रमा परेकाले ३२ गते बुधबार निकालिँदै छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ७ : ०५ बजे