१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सुरक्षा र न्यायका लागी नाट्यशाला हुँदै



कपिलवस्तु, २५ साउन ।
१७ औं अन्र्तराष्ट्रिय युवा दिवशको अवसर पारेर जिल्लाको कृष्णनगर नगरपालिका ५ बहादुरगंजमा तिन दिवशिय नाट्यशाला आयोजना गरिने भएको छ ।
युकेएडको सहयोग तथा सिद्धार्थ सामाजिक बिकास केन्द्र र नेपाल प्रहरीको सहकार्यमा सर्च फर कमन ग्राउण्डले परियोजना अन्र्तगत नाटयशाला आयोजना गर्न थालेको हो ।
बिपन्न तथा सिमान्तकृत समुदायका महिलाको सुरक्षा र न्यायमा पहुँच बृद्धिका लागी नाटयशाला आयोजना गर्न थालिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका परियोजना संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
यस अघि महाराजगञ्जमा कार्यक्रम सम्पन्न गरिएको र पुनः मायादेबी गाँउपालिकाको पकडीमा समेत नाटयशाला आयोजना गर्ने योजना रहेको उनले जानकारी दिनुभयो ।
प्रहरी सम्मको पहुँच बृद्धि गराउने उद्देश्यका साथ नाट्यशाला नामक नागरिक प्रहरी ड्रामा क्लिनिक आयोजना गर्न थालिएको सर्च फर कमन ग्राउण्डकी फिल्ड कोडिनेटर रुकैया खातुनले जानकारी दिनुभयो । भोली देखी सञ्चालन हुने नाट्यशालामा ३० जना समुदाय र १० जना प्रहरी सहभागी हुने जनाईएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  २ : १० बजे