१५ जेष्ठ २०८०, सोमबार | Mon May 29 2023

आमाको जन्मदिनमा शैक्षिक सामाग्री बितरण



जितपुर (कपिलवस्तु) २५ साउन ।
कपिलवस्तुको बाणगंगा १ उप्टहवा निवासी बुद्धि सागर बेल्बासेले आफ्नो आमाको जन्म दिनको अवसर पारेर शैक्षिक सामाग्री बितरण गर्नुभएको छ ।

आफ्नी आमा खिमकला बेल्बासेको ७५ औ जन्मउत्सवको अवसर पारेर यस क्षेत्रका बिभिन्न सरकारी बिद्यालयहरुमा अध्ययनरत गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री बितरण गर्नुभएको हो ।

कार्यक्रममा २५ जना गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई झोला, कापी, पेन्सील, इरेजर बितरण गरिरएको हो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक खिम बहादुर जिसि, कपिलवस्तु जेसिजका अध्यक्ष कृष्ण बहादुर चौधरी, महासचिव राजेन्द्र अर्याल, पञ्च निमाविका जगतराज रेग्मी, कपिलवस्तु प्राविका कृष्ण पन्त लगायतले बोल्दै जन्म उत्सवको मौकालाई यसरी सदुपयोग गरेमा समाजमा सकारात्मक छाप बस्नुका साथै धेरै पक्ष प्रत्यक्ष रुपमा प्रभावीत हुने बताउनुभएको थियो ।

कपिलवस्तु जेसिजको हल बाणगंगा बैरीयामा भएको कार्यक्रममा ५० बढिको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  २ : १३ बजे