१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाल क्लब गठन तथा बाल अधिकार सम्बन्धि अभिमुखिकरण



गिता अर्याल, कपिलबस्तु, २५ साउन ।
कपिलबस्तुको मायादेबी गाउँपालिका १ पकडिमा बिद्यालय स्तरीय बाल क्लब गठन तथा बाल अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
छत्रपालीतीर्थदेबि माबिमा गठन गरिएको बाल क्लबमा २५ सदस्यिय समिति चयन गरिएको छ । जसको अध्यक्षमा बिन्द्रावती प्रजापति, उपाध्यक्षमा राजु मुसालमान, सचिवमा शिवकुमार बानिया र कोषाध्यक्षमा कुमारी पुजा बर्मा रहनुभएको छ भने अन्य सदस्यमा रहनु भएको छ ।
कार्यक्रम वी वल्र्ड अनलसको आर्थिक सहयोग, ग्लोबल एक्सन नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको संयूक्त साझेदारिमा संचालन भएको कार्यक्रमको सहजिकरण पिक परियोजनाका स्रोत प्रशिक्षक गिता अर्याल तथा सामाजिक परिचालक अजय चौधरीले गर्नुभएको थियो ।
यसैबिच मायादेबी गाउँपालिका १ पूर्ब इमिलियामा महिला अभिभावकलाई २ दिने पोषण तालिम बुधबारनै भएको छ । प्राथमिक बिद्यालयमा सम्पन्न भएको तालिममा सोहि बिद्यालयका बाल बिकास केन्द्र, कक्षा १, २,र ३ का अभिभावक गरि ५० भन्दा बढिको उपस्थिति रहेको थियो ।
वी वल्र्ड अनलसको आर्थिक सहयोग, ग्लोबल एक्सन नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको संयूक्त साझेदारिमा संचालन भएको कार्यक्रमको सहजिकरण पकडि स्वास्थ्य केन्द्रका माला झा तथा सामाजिक परिचालक अजय चौधरीले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  २ : १८ बजे