११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

महाराजगंज नगरपालिकाको बजेट ४१ करोड १४ लाख ३८ हजार



कपिलवस्तु, २६ साउन ।
कपिलवस्तु स्थित महाराजगंज नगरपालिकाको चालु आर्थिक बर्षको बजेट रु. ४१ करोड १४ लाख ३८ हजार प्रस्तुत गरिएको छ ।
नगरपालिकाको प्रथम नगरसभामा मेयर अब्दुल कलाम खाले प्रस्तुत गरेको सो बजेटमा चालु तर्फ ७ लाख ७४ हजार र २५ करोड ६ लाख ६४ हजार पुजीगत बजेट बिनियोजन गरिएको छ ।
जसमध्ये रु. १० करोड ७८ लाख ७४ हजार सशर्त अनुदान रहेको छ । तत्कालीन अवश्यक्ता र ठुला आयोजनालाई प्राथमिकता दिईएको मेयर कलामले बताउनुभयो ।
यसै बर्ष देखि कालोपत्रे सडक निर्माण सुरुवात गर्ने, हरेक बार्डको ३ वटा बस्तीको बाटोमा पक्की नाली तथा कंक्रीट सडक बनाउने उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा बार्षिक नीति कार्यक्रम र बजेट सिलिङ प्रस्तुत गर्दै वडा अध्यक्ष जोगेन्द्र सिंहले एउटै सडकका लागि ७ करोड ६८ लाख बजेट पारित गरिएको बताउनुभयो । बित्तीय समानिकरण अनुदानबाट १ करोड छुट्टाईएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  २ : ४८ बजे