८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पक्कि पुल नहुँदा भलवाडवासीलाई सास्ति



बाबुराम रायमाझी, कपिलवस्तु, २६ साउन ।
वाणगंगानगरपालिकाको वडा नं. ९ र ७ को सिमानामा रहेको कजवे २०५६ सालमा जिविस कपिलवस्तुले निर्माण कार्य सम्पन्न गरेकोमा हाल आएर खोलाको सतह जमिनको सतहसंग वरावरी हुन लागेको छ । यसको जानकारी सञ्चार माध्यमबाट समय–समयमा प्रसारण गरेको र सरोकारवाला निकायलाई पनि ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता गरीएको छैन ।

औषधी उपचार गर्न भनि बुटवल जान हिँडेका बाणगंगा— ९ जिनुवाका शुक्र थापा विहान देखि वाढी घट्ला र जाउँला भन्ने पर्खाइमा बस्नुभयो । तर बाढी हेरेको ४ घण्टा सम्म बाढी नघटेपछि उहाँ घर फर्किनुभयो ।

दिनहुँ आउने बाढीको कारण विद्यार्थी, कर्मचारी, व्यापारी, सर्वसाधारण सवैलाई सास्ती भएको छ । साथै यातायात व्यवसायी संघ बुटवलका सदस्य खिम विक्रम के.सी. पनि पक्कि पुल नहुँदा यात्रुहरुलाई गन्तव्य स्थान सम्मा पु¥याउन समस्या भएको गुनासो पोख्नुहुन्छ ।

कजवेले बाहिरबाट आउने ब्यक्तिहरु यहाँको खोलाको अनविज्ञताका कारण हालसम्म गरी ४ वटा मोटरसाइकल वगाएको छ । समयमै सरोकारवाला निकायबाट यस ठाउँमा पक्कि पुल निर्माण कार्यलाई पहल गर्न बाणगंगा ९ वासीको अपेक्षा रहेको समाजसेवी कुमार मधु वेल्वासेले वताउनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  २ : ५१ बजे