७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकाविहानै काठमाडौंका मेयर बेल्चा बोकेर सडकमा



काठमाडौं, २७ साउन ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शुक्रबार बिहानै त्रिभुवन विमानस्थलको गोल्डेन गेटअगाडि हातमा बेल्चा बोकेर सडक सफा गर्दै देखिनुभयो । साथमा हुनुहुन्थ्यो उपमेयर हरिप्रभा खड्गी, कामनपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल पनि ।
महानगरले आयोजना गरेको क्लिन द सिटी सरसफाइ अभियान उद्घाटन गर्न मेयर, उपमेयर तथा महानगरका कर्मचारीहरु विमानस्थल आइपुग्नुभएको हो । एकीकृत फौज परिचालन मोडल नाम दिइएको अभियानमा करिब ५ सय सहभागी भएको आयोजकले जनाएको छ ।
हातमा बेल्चा लिएर सफाइमा जुटेका मेयर शाक्यले सरसफाइको विधि परिवर्तन गर्दै जानुपर्नेमा जोड दिनुभयो । “अब सडक सफा गर्ने होइन, घरबाट सडकसम्म फोहोर नै आउन नदिने वातावरण तयार गर्नुपर्छ,” शाक्यले भन्नुभएको छ ।
साभार बाह्रखरी डटकम

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ५ : १२ बजे