७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारलाई संसदमा दर्ता भएको संविद्यान संशोधन विधेयक अघि बढाउने बाटो खुल्यो



काठमाडौं, साउन २७ ।
सत्तारुढ मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र साथै राष्ट्रिय जनता पार्टी नेपाल संविधान संशोधन विधेयक अघि बढाउन सहमत भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहान बसेको कांग्रेस माओवादी केन्द्र र राजापका शीर्ष नेताको बैठकले संविधान संशोधन विधेयक अघि बढाउने र प्रदेश नम्बर २ को स्थानीय चुनावमा राजपा सहभागी हुने सहमति भएको सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा सहभागी नेताहरुका अनुसार विधेयक पारित गराउन सकेसम्म पहल गर्न सरकार र पारित नभए त्यसलाई मानेर जान राजपा तयार भएको हो । यो सहमतिसंगै सरकारले अब संसदमा यसअघि नै दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने बाटो खुलेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ७ : ३८ बजे