१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रुपन्देही, पाल्पा र नवलपरासी सहित २४ जिल्लामा सतप्रतिशत रोपाई



मायादेवी अनलाइन, २७ साउन ।
कृषि बिकास मन्त्रालयले रुपन्देही सहित २४ जिल्लामा मात्र सतप्रतिशत धान रोपिएको जनाएको छ । मन्त्रालयका अनुसार रुपन्देहि, नवलपरासी, पाल्पा, कास्की, म्याग्दी, बाग्लुङ्ग, जुम्लालगायतका जिल्लामा सत प्रतिशत धान रोपिएको जनाएको हो ।
त्यस्तै, सरकारले अपेक्षा गरेको आधारमा सबैभन्दा बढी उच्च पहाडमा क्षेत्रमा ९५.६९ प्रतिशत धान रोपिएको छ । त्यसपछि मध्य पहाडमा ९१.४९ र तराईमा ८०.५९ प्रतिशत धान रोपिएको छ । ती क्षेत्रमा क्रमशः ५५ हजार ६ सय, ३ लाख ६५ हजार र ८ लाख ८२ हजार हेक्टर जमिनमा धान रोपिएको छ । विकास क्षेत्रलाई आधार मान्ने हो भने, सबैभन्दा बढी सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ९९.८५ प्रतिशत धान रोपिएको छ । पश्चिमाञ्चल विकास क्षेत्रमा ९४.३० प्रतिशत, मध्य पश्चिमाञ्चमा ८८.९२, मध्यमाञ्चलमा ७८.५४ र पूर्वाञ्चल विकास क्षेत्रमा ७३.७७ प्रतिशत धान रोपिएको छ ।
यसैगरि साउन महिना सकिन लाग्दा मुलुकभर ८३.९६ प्रतिशत धान रोपिएको छ । १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने सरकारको लक्ष्य रहेकोमा पछिल्लो तथ्याङ्कअनुसार १३ लाख ३ हजार हेक्टर जमिनमा धान रोपिएको कृषि विकास मन्त्रालयले जनाएको छ । अझै करिब १६ प्रतिशत जमिनमा धान रोप्न बाँकी रहेको देखिन्छ । यस वर्ष सरकारले १५ लाख ५२ हजार हेक्टर जमिनमा ५४ लाख टन धान फलाउने घोषणा गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ११ : १० बजे