६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अन्तत्वगोत्वा रामचन्द्र झा माओबादी केन्द्रमै रहने



काठमाडौं, २७ साउन ।
नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झा लगायतका नेता नेकपा माओवादी केन्द्रमा नै क्रियाशील हुने निर्णय गर्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्रमा आवद्ध हुन सहमत हुनुभएको हो ।
अध्यक्ष दाहाललगायतका नेताहरुसँग बिहीबार र शुक्रबार भएको निरन्तरको छलफलपछि नेता झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
छलफलमा तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
नेता झाले आफू माओवादी केन्द्रमा क्रियाशील हुने बताउँदै नेकपा एमाले प्रवेश गर्ने भनेर चलाइएको हल्ला शतप्रतिशत गलत रहेको बताउनुभयो ।
माओवादी केन्द्रले नेताद्वय झा र शर्मालाई पार्टीको उचित जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश नं– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन सम्पूर्ण शक्तिका साथ लाग्ने उनीहरुबीच सहमति भएको जनाएको छ । रासस

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ११ : १८ बजे