१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एमाले नेता नेपाल उत्तर कोरिया प्रस्थान



काठमाडौं, २७ साउन ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल शुक्रबार उत्तरकोरिया प्रस्थान गर्नुभएको छ । उत्तर कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो ।
‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै जानुभएको हो ।
टोलीमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद हुनुहुन्छ । टोली एक सातापछि स्वदेश फर्कने छ । – रासस

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ४२ बजे