११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बहादुरगञ्जमा पोखरीमा डुब्दा एक जनाको मृत्यु



गोपाल भण्डारी, कपिलवस्तु, २८ साउन ।
कृष्णनगर नगरपालिका वडा नं. ९ बहादुरगंजमा पोखरीमा डुबेर एक जनाको मृत्यु् भएको छ । मृत्यु् हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने संखा मुराऊ रहेको प्रहरीले जनाएको छ । मृतक मुराऊ बहादुरगंज स्थित नेपाली सेनाको ब्यारेक पछाडी रहेको पोखरीमा सिंगाडा खेती अवलोकनका लागी पुग्दा सो पोखरीमा डुबेर मरेको स्थानीयले बताएका छन् । मुराऊको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  १० : ५३ बजे