१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तु सहितका महिलाले तिन छठ्ठि पर्व मनाए



कपिलवस्तु, २९ साउन ।
साउन शुक्ल अष्ठिको दिन आइतबार कपिलवस्तु सहित केहि तराई मधेसका महिलाले ब्रत र पुजा पाठ गरि तिन छठ्ठि पर्व मनाएका छन् ।
तराईका कपिलवस्तु, रुपन्देही, नवलपरासी र दाङ्गका मधेसी समुदायका महिलाले ब्रत, पुजापाठ र भजन किर्तन गरि तिन छठ्ठि पर्व मनाएका हुन ।
बिहानै देखि ब्रतबसि कुशको पुजाआजा गरि यो पर्व मनाउने प्रचलन छ । छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दिर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिने मनोकामना सहित यो ब्रत राख्ने गरेका छन ।
बैदिक कालमा एक जनप्रेमी राजाले जनताको लागी पानीको अनिकाल परेको भन्दै पोखरी बनाएका थिए । तर पोखरीमा पानी नआए पछि उनले आफनो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको थियो ।
यस पछि राजाकी बुहारीले तिन छठ्ठि देबिको ब्रत राख्दा पुनः राजाको नाती जिबित भएको प्रसङ्गको कारण ब्रत गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ४९ बजे